काठमाडौँ : तथ्याङ्क (डाटा) हराएपछि स्वास्थ्य बिमा बोर्डले सूचीकृत अस्पताललाई माग दाबीसम्बन्धी तथ्याङ्क फेरि पठाउन पटक पटक ताकेता गरेको छ । सर्भर तथा डाटा स्टोरेजमा समस्या आएको भन्दै बोर्डले यस्तो ताकेता गरेको हो ।गत चैत २८ गते बोर्डको सिस्टममा समस्या हुँदा अस्पतालहरूले सर्भरमार्फत गर्ने मागदाबीमा अवरोध भएको थियो । सोही समस्याका कारण डाटा समेत हराएको छ । यसअघि रुजु हुन बाँकी डाटा हराएपछि बोर्डले यसअघि वैशाख १२ गते सबै अस्पताललाई वैशाखदेखि असारसम्मको मागदाबी फेरि गर्न भनेको थियो ।
अहिले फेरि असारदेखि असोजसम्मको मागदाबीको विवरण पठाउन ताकेता गरेको हो । बिहीबार बोर्डले गरेको सर्कुलरमा १५ गतेभित्र पठाउन सर्कुलर गरेको हो । साथै असारसम्मको दाबी गर्न बाँकी रहेको विवरण समेत जेठ १२ गतेभित्र अपलोड गर्न निर्देशन दिएको छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले गत वर्ष असार मसान्तसम्म परेको दाबीको रुजु गरिसकेको तथा असोजसम्मको रुजु बाँकी गरिरहेको भन्दै सर्भरमा आएको समस्याका कारण डाटा नदेखिएको र रिस्टोर गर्ने प्रयास समेत सफल भइनसकेकोले समाधान भइनसकेको समेत कारणले फेरि अपलोड गर्न भनिएको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij