Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नर्सिंग प्रमुख संगीता श्रेष्ठद्धारा समाचारको खण्डन

नर्सिंग प्रमुख संगीता श्रेष्ठद्धारा समाचारको खण्डन

चितवन : वीर अस्पतालकी नर्सिंग प्रमुख संगीता श्रेष्ठले सौराहा अनलाइनमा प्रकाशित समाचारको खण्डन गरेकी छिन् । गएको बैशाख १७ गते गते सौराहा अनलाइनमा प्रकाशित विवीर अस्पतालकी नर्सिंग प्रमुख विरुद्ध अख्तियार देखि सतर्कतासम्म उजुरी शीर्षकमा प्रकाशित प्रसारित सामग्रीमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् । हेरौँ उनले खण्डनको भनाई जस्ताको तस्तै ।

                                                                                                        खण्डन/ भनाइ सम्बन्धमा

उपर्युक्त सम्बन्धमा तपाई सम्पादक रहेको अनलाइन सञ्चार माध्यमबाट मिति २०८२/०१/१७ गते सौराहा अनलाइन सञ्चार विर अस्पताल कि  नर्सिंग प्रमुख  बिरुद्ध अख्तियार देखि सतर्कता सम्म उजुरी शीर्षकमा प्रकाशित प्रसारित सामग्री उपर मेरो ध्यानाकर्षण भएको छ। उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहायअनु‌मार बुँदागत  प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु  ।

 

१. विभिन्न कलेजमा पधुना जाने गरेको आरोप छl यवार्थ म चिकित्सा बिज्ञान रास्ट्रिय प्रस्थानको सह प्राध्यापक हु र सरकारी संस्थान हरु मा बाहेक कतै मेरो संलग्नता नरहेको छ।

२. पीडित कर्मचारीहरुले अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय महिला आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएको बताएका छन् भनी उल्लेख भएको रहेछ। उक्त विषय नर्सिंगमा जम्मा ७६० भन्दा बढी कर्मचारी छन् र कुनै कार्यालय बाट यस संस्थानमा म बिरुद्ध कुनै उजुरी नआएको l

३. कर्मचारी छनौट गर्दा भ्रस्टाचार गरेको समेत आरोप छ भनी उल्लेख भएको रहेछ। उक्त विषय कर्मचारी छनौट लोकसेवा आयोग बाट गरिने गरिएको र त्यसमा प्रत्यक्ष संलग्नता नरहेको

४. विभिन्न आर्थिक र प्रशासनिक अनियमितता तथा ज्यादती एवं विभेदविरुद्ध श्रेष्ठमाथि आवश्यक छानबिन गरी हदैसम्म कारबाही गर्न माग गरेका छन् भनी उल्लेख भएको रहेछ। उक्त विषय नर्सिंग प्रमुखको हैसियेत ले मलाई कुनै आर्थिक दायित्वो नदिएकोl

निवेदक

नाम:  संगीता श्रेष्ठ

 

इमेल: pinkyjoshi733@gmail.com

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट