Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनकी सपना अधिकारी जसपा नेपाल निकट समाजवादी महिला संघको केन्द्रीय सदस्य !

चितवनकी सपना अधिकारी जसपा नेपाल निकट समाजवादी महिला संघको केन्द्रीय सदस्य !

चितवन : जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघ, नेपालको केन्द्रीय सदस्यमा चितवनकी महिला नेतृ सपना अधिकारी निर्वाचित भएकी छन् । जनकपुरधामस्थित महेन्द्रनारायण निधी सांस्कृतिक केन्द्रमा सम्पन्न महिला संघको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्मला यादवसहित ४७ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएका हुन् । जसपा चितवनकी निर्वतमान उपाध्यक्ष समेत रहेकी अधिकारी महिला अधिकारीका सवालमा सशक्त रुपमा अगाडी बढ्दै आएकी छिन् ।

समितिको उपाध्यक्षमा प्रमिलाकुमारी सिंह, सुनिता देवी मोची, दिना लामा, सीमा नेसा र महासचिवमा भगवती सुवेदी निर्वाचित भएका छन् । त्यस्तै समितिको उपमहासचिवमा सर्निता कुमारी यादव, सचिवमा सरस्वती जयसवाल, सवनम अन्सारी र कोषाध्यक्षमा प्रमिला गिरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij