Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

देवघाटमा एक पुरुषको शव फेला

देवघाटमा एक पुरुषको शव फेला

चितवन : देवघाटमा एक पुरुषको शव फेला परेको छ । आज (सोमबार) दिउंसो २ : ५० बजेको समयमा भरतपुर १ देवघाटमा ३५/४० वर्ष जस्तो देखिने एक पुरुषको शव फेला परेको हो ।

त्रीशुली नदिले बगाउदै ल्याएको अवस्था स्थानीयले र्‍याप्टिङबोटद्वारा उक्त शवलाई बाहिर निकालेको छ भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट देवघाटबाट प्रहरी निरिक्षक जितेन्द्र मिश्रको कमाण्डमा टोलिखटी घटनास्थल सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । थप अन्य अनुसन्धान गरी शवको मुचुल्का उठाउने कार्य भईरहेको प्रहरिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij