काठमाडौँ : सुर्ती जन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाललाई विश्व स्वास्थ्य सङ्गठनले पुरस्कृत गरेको छ ।विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५ का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महानिर्देशकको विशेष सम्मान अवार्ड प्राप्त गरेको हो ।विश्व स्वास्थ्य सङ्गठनको ७९ औँ सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई पुरस्कृत गरेका हुन् ।
हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने सिलसिलामा यस वर्ष नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पुरस्कृत गरिएको सङ्गठनले जनाएको छ ।मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थासम्बन्धी निर्णय गरेका थिए ।अब यो निर्णय कार्यान्वयनमा आउनेछ । सरकारको यस निर्णयलाई विश्व स्वास्थ्य सङ्गठनले असाधारण योगदान भनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij