भरतपुर : श्रीमानले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गर्दा घाइते भएकी छन । चितवनको भरतपुर महानगरपालिका १८ जगतचोक बस्ने ४१ वर्षका खेम ओझाले श्रीमती ३० वर्षकी शान्ती ओझालाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएका हुन ।
घाइते शान्तीको गुन्जनगर स्वास्थ्य चौकी भुवनबस्तीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij