चितवन : योङ कम्युनिस्ट लिग (वाइसिएल) भरतपुर–४ को आयोजनामा शनिबार धर्मचोक लंकुमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा छ जना महिला, ६५ जना पुरूष गरी ७१ जनाले रक्तदान गरेका छन् ।
वाइसिएल भरतपुर–४ का अध्यक्ष सन्दीप खरालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका सासद् एव नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा सुमन, विशिस्ट अतिथिमा नेकपा माओवादी केन्दका चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल अविनाश, वाइसिएल भरतपुर–४ संयोजक दुर्लभ शाही ठकुरी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ईश्वर रेग्मी, भरतपुर–४ का जनप्रतिनिधि वडा अध्यक्ष अर्पण पोखरेल, नेकपा माओवादी केन्द्र भरतपुर–४ का अध्यक्ष नरिनारायण कंडेल, वाइसिएल भरतपुर–४ का इन्चार्ज आकाश गुरूङ अतिथि रहेका थिए ।
सो अवसरमा सांसद् ईश्वर सापकोटा र जिल्ला इन्चार्ज घनश्याम दाहालले रक्तदातालाई रक्त सङ्कलन ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रमका सभापति सन्दीप खरालले स्वागत गर्दै कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा वाइसिएल चितवनका सयोजक दुर्लभ शाही ठकुरीले युवाहरु सामाजिक क्षेत्रमा निरन्तर सेवा गर्न तल्लीन रहेको बताए ।
भरतपुर–४ का वडा अध्यक्ष अर्पण पोखरेलले शुभकामना दिँदै वाइसिएल नेपालले सामाजिक क्षेत्रमा गर्ने कृयाकलापको प्रशंसा गर्दै अन्य राजनैतिक पार्टीका युवाहरुले पनि राम्रा कार्यहरुको अनुशरण गर्नुपर्ने धारण राखे ।कार्यक्रममा वाइसिएल भरतपुर–४ का इन्चार्ज आकाश गुरूङले रक्तदान कार्यक्रममा सहयोग पु¥याउने सबैमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र भरतपुर–४ का उपाध्यक्ष टीकाराम सापकोटाले गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij