Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

उपचारका लागि भारत जाने सोचमा हुनुहुन्छ ? अब रोकिनुहोस् भारतको सेवा अब भरतपुरकै रिज्वायस एण्ड रिलिभमा !

उपचारका लागि भारत जाने सोचमा हुनुहुन्छ ? अब रोकिनुहोस् भारतको सेवा अब भरतपुरकै रिज्वायस एण्ड रिलिभमा !

चितवन : के तपाई स्वास्थ्य उपचारका लागि भारत जाने सोचमा हुनुहुन्छ ? अनि भारतका चर्चीत विशेषज्ञ डाक्टरसँग कसरी भेट गर्ने, उपचार गराउने भन्ने चिन्ता छ । अब त्यो चिन्ता दुर भएको छ । मेडिकल सिटी चितवनको भरतपुरबाट रिज्वायस एण्ड रिलिभबाट अब तपाईको चिन्ता दुर हुने भएको छ । भारतमा नै रहेर स्वास्थ्य सेवा अनुभव हासिल गरेको स्वास्थ्यकर्मीहरुकै पहलमा स्वदेशमा सहज स्वास्थय सेवा दिने लक्ष्यका रिज्वायस एण्ड रिलिभ भरतपुरले यो सेवा सुरु गर्न लागेको छ । भारतका चर्चीत एक दर्जन भन्दा बढी अस्पतालसँगको सहकार्यमा रिज्वायस एण्ड रिलिभले यहि भरतपुरबाटै भिडियो मार्फत बहुप्रतिष्ठित डाक्टरहरुबाट परामर्श सेवा दिने भएको हो । पहिलो चरणमा झण्डै १० लाख रुपैया लगानी सञ्चालनमा आउन लागेको रिज्वायस एण्ड रिलिभल अब भारतका चर्चीत अस्पतालका डाक्टरहरुको विशेषज्ञ सेवा भरतपुरबाटै दिने संस्थाका प्रबन्ध निर्देशक कृष्णराज गैरेले जानकारी दिए ।

यहाँबाट धेरै नेपालीहरु भारतमा उपचार गर्न जाने क्रम बढ्यो उनले भने, अब रिज्वायसका कारण भारत पुग्नै नपर्ने, पैसाको बचत, समयको बचत, बस, रेल र जहाजको झन्झटिलो यात्रा गर्नै नपर्ने, अनलाइनबाटै समय बुक गर्न सकिने , कहाँ बस्ने ? कहाँ खाने भनेर होटलको झन्झट गर्न नपर्ने, विभिन्न अस्पतालको सेवा एकै ठाँउमा हुनेछ

उनले जसका कारण उपचारमा हुने खर्च अब देशको अर्थतन्त्र आफ्नै देशमा हुनेछ । रिज्वायस एण्ड रिलिभमा मेदान्त, म्याक्स, अपोलो, आरटिमिस, पारस, एसियन, मनिपाल लगायतका एक दर्जन बढी अस्पतालका विशेषज्ञ डाक्टरहरुले दैनिक रुपमा भिडियो संवाद मार्फत सेवा दिनेछन् । भिडियो मार्फत उपचार हुने उनले भने, आवश्यक स्वास्थ्य परिक्षण यहि गरि रिर्पोट पठाई उपचार हुनेछ । भिडियो उपचार सेवाको शुल्क भारतीय डाक्टरले पाउने सुविधा अनुसारकै हुने उनले बताए । गैरेले प्रवास रहदा १३ बर्ष बढी सयम नेपालबाट जाने विरामीहरुले उपचारमा छुट सहितका विभिन्न सेवा दिदै आएका थिए । उनैको पहलमा भारतमा लाग्ने अन्र्तराष्ट्रिय उपचार शुल्क भारतीय सरह नै गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट