Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?

के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?

के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?

उत्तर : हाम्रो शरीर स–साना कोषहरु मिलेर बनेको हुन्छ। शरीर विकासको क्रममा कोषिकाहरू अनियन्त्रित विकास हुँदा वा कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो।

टाउकोदेखि खुट्टासम्मको जुनसुकै भागमा भित्रि तथा बाहिरी अंगमा क्यान्सर लाग्न सक्छ। विशेषगरी क्यान्सर रोग अस्वस्थ्य खानपान, अव्यवस्थित जीवनशैली, सुर्तीजन्य वस्तुको प्रयोग र वंशाणुको कारणले हुन्छ।

विश्व लगायत नेपालमा पनि क्यान्सर रोग बढ्दै गइरहेको पाइन्छ। नेपालको परिवेशमा भन्ने हो भने ग्लोबोकेन २०२० को तथ्यांक अनुसार वर्षेनि लगभग २० हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी थपिरहेका छन्। त्यसमध्ये पनि पुरुषहरुमा फोक्सोको क्यान्सर र महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिएको छ।

नेपालमा पछिल्लो समय मिर्गौलाको क्यान्सरका बिरामीहरु पनि बढ़दै गईरहेको देखिएको छ।

के हो मिर्गौला क्यान्सर ?

शरीरमा भएका अंगहरुको एक निश्चीत आकार हुने गर्दछ। त्यो कति सम्म बढ्ने भनेर प्रकृया हुन्छ। त्यसैगरि मिर्गौलाको कोषिकाहरुपनि चाहिने भन्दा बढी वा अनियन्त्रित तरिकाले विभाजित हुनु नै क्यान्सर हुनु हो।

अन्य क्यान्सर जस्तै मिर्गौला क्यान्सरको पनि चरण रहेको छ। पहिलो, दोस्रो र तेस्रो चरणसम्मको क्यान्सरलाई काटेर फाल्दा मात्र हुन्छ तर चौथो चरणमा भएको क्यान्सरमा चाहिँ मिर्गौलाबाट कोषिकाहरु अनियन्त्रित भएर कोषिकाहरु अन्यत्र गएको मानिन्छ जसलाई हामीले काटेर फालेर मात्र हुँदैन।

चौथो चरणमा भने उपचार चाहिन्छ अन्य क्यान्सरमा केमो दिनु पर्ने हुन्छ तर मिर्गौला, थाइरोइड, कलेजोको क्यान्सरमा भने किमोथेरापी दिनु पर्दैन यसमा भने टारगेटेड थेरेपी दिनु पर्ने हुन्छ।

लक्षणहरुः

जता तिर क्यान्सर भएको छ त्यता दुख्ने,

पिसाबमा रगत देखिने,

अनावश्यक तौल घट्ने,

खोकि, ज्वरो आउँने,

अन्य क्यान्सरको दाजोमा मिर्गौलाको क्यान्सर एकदमै कम देखिने क्यान्सर हो। विश्वमा मिर्गौला क्यान्सर ९/१० स्थानमा पर्छ भने नेपालमा पनि यो क्यान्सर यस्तै स्थानमा पर्छ। जसले गर्दा समुदाय स्तरसम्म मिर्गौलाको क्यान्सरको बारेमा जनचेताना गइसकेको छैन।

मिर्गौलाको क्यान्सर हुनबाट बच्नका लागि निम्न उपायहरु अपनाउनेः

मद्यपान र धुम्रपानदेखि टाढै बस्ने,

स्वस्थ्कर जीवनशैली अपनाउँने,

दैनिक व्यायमहरु गर्ने,

जुत्ताचप्पल कारखानामा काम गर्दा विशेष सावधानि अपनाउने,

बोसोयुक्त खानेकुराहरु नखाने।                                                                                                                                                                           (उत्तरदाता डा शाही मेडिकल अंकोलोजिस्ट हुन्)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट