इच्छाकामाना : चितवनको इच्छाकामना गाउँपालिकाद्वारा सञ्चालित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा स्वास्थ्य बिमाको सेवा सुरु गरिएको छ । बिहीबार वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बिमा सेवाको शुभारम्भ गर्नुभएको हो ।
सेवा सुभारम्भ गर्नुहुदैँ मन्त्री थापा मगरले बागमती प्रदेश सरकारले विपन्न, सीमान्तकृत ,अल्पसङ्याक दलितका लागि निशुल्क स्वस्थ्य बीमाको व्यवस्था गरिएको बताउनुभयो । ती समुदायका लागि बीमा गर्दा लाग्ने रु तीन हजार पाँच सय प्रदेश सकारले बेहोरी रहेको उहाँको भनाई छ । उहाँले विमा अभिकर्ताहरुले प्रत्येक नागरिकको स्वास्थ्य बीमा गरेको छकी छैन जनप्रतिनिधिहरुलाई ध्यान दिन आग्रह गर्नुभयो ।
इच्छाकामना अस्पतालका लागि आवश्यक औषधी लगायत स्वास्थ्य सामाग्रीहरुका लागि बागमती प्रदेश सकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले हाइवे क्षेत्रमा रहेका अस्पतालहरुलाई ट्रमा सेन्टरको रुपमा विकसित गरिने बताउनुभयो ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले यहाँको स्थानीय जनप्रतिनिधिहरु सुखी नेपाली बनाउन आफ्नो दायित्व पुरा गर्छु भनेर अग्रसर रहेको भन्दै प्रशंसा गर्नुभयो । बागमती प्रदेश सरकारले गर्नपर्ने आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले स्थानीयस्तरमै स्वास्थ्य बिमामार्फत उपचार हुने भएपछि इच्छाकामना गाउँपालिकाभित्रका जनतालाई उपचार सेवामा थप सहज भएको बताउनुभयो ।उहाँका अनुसार स्वास्थ्य बिमासँगै स्त्रीरोग विशेषज्ञ सेवा र रेडियोलोजिष्टसहितको विशेषज्ञ सेवासमेत बिहीबारबाटै सुरु गरिएको छ । भरतपुरस्थित मौलाकालिका अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले विशेषज्ञ सेवाको व्यवस्था गरेको पालिकाका अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । पालिकामा रहेका स्वस्थ्य केन्द्रहरुलाई स्तरवृद्धि गरिरहेको बताउनुभयो । गाउँपालिकाको नागरिकको स्वास्थ्य उपचारका लागि निजि अस्पतालहरुसँग समेत सहकार्य गर्दै आइरहेको बताउनुभयो ।अहिले मौलाकालिका अस्पतालको सहकार्यमा विशेषज्ञ सेवा सञ्चालन गरिएको बताउनुभयो । मौलाकालिका र सिएमसीसँग इच्छाकामनाका नागरिकले छुट पाउने गरि सम्झौता भएको र विपन्न नागरिकका लागि निशुल्क उपचार गर्नका लागि पहल समेत गरिएको बताउनुभयो ।
१५ शैयाको यस आधारभूत अस्पताल सञ्चालनसगै चितवनको इच्छाकामना गाउँपालिका, धादिङको बेनिघाट रोरङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाका नागरिकहरुले सहजरुपमा स्वास्थ्य सेवा पाएको अध्यक्ष गुरुङको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाकी संस्थापक अध्यक्ष गीताकुमारी गुरुङ, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती ,बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.दिपेन्द्र श्रेष्ठजनस्वासथ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणी भण्डारी,नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारी,नेकपा माओवादी केन्द्र इच्छकामनाका अध्यक्ष रामहरि कडेँल,मौलाकालिका अस्पतालका वरिष्ठ स्त्री तथा प्रजनन रोग विशेषज्ञ वरिष्ठ डा. केशव भुर्तेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
स्वागत मन्तव्य वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले राख्नुभएको थियो । कार्यक्रम स्वास्थ्य शाखा इच्छाकामनाका संयोजक हरि बहादुर देवकोटाले सञ्चालन गर्नुभएको थियो ।
यसैबिच सो अवसरमा इच्छाकामना आधारभूत अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्यमन्त्री थापाको प्रमुख आतिथ्यतामा सम्पन्न विशेषज्ञ शिविरमा १८१ जनाले सेवा लिएका थिए । जसमा महिला १५१ पुरुष र ३० जना महिला रहेका छन् । ११३ जनाले भिडियो एक्सरे सेवा र ८२ जनाले स्त्री प्रजनन रोग वषिेशज्ञ सेवा लिएका हुन् ।
मौलाकालिका अस्पतालको वरष्ठि स्त्री तथा प्रजनन रोग वषिेशज्ञ वरष्ठि डा केशव भुर्तेल र रेडयिोलोजस्टि डा.रमेश घमिरिेले स्वास्थ परीक्षण गर्नुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij