Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इच्छाकामना आधारभूत अस्पतालमा बैशाख २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुदैँ,स्वास्थ्यमन्त्री थापाले उद्घाटन गर्ने

इच्छाकामना आधारभूत अस्पतालमा बैशाख २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुदैँ,स्वास्थ्यमन्त्री थापाले उद्घाटन गर्ने

इच्छाकामना : चितवनको इच्छाकामना ४ कुरिनटारमा अवस्थित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हने भएको छ । वैशाख २५ गतेदेखि बिमा कार्यक्रम शुभारम्भ गरिने भएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सेवाको समुद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार इच्छाकामनामा पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो ।

साथै सेवा शुभारम्भको दिन भिडियो एक्सरे निशुल्क गरिने छ । सोही दिनदेखि हरेक महिनाको दोश्रो शुक्रबार स्त्री रोग विशेषज्ञ सेवा र भिडियो एक्सरे सेवा पनि सुरु गरिने अध्यक्ष गुरुङले बताउनुभयो । यसैबिच मौलाकालिका अस्पताल भरतपुरमा इच्छाकामनाका नागरिकले उपचारमा २५ प्रतिशत छुट पाउने भएको छ । मौलाकालिका अस्पताल र इच्छाकामना गाउँपालिकाबिच उपचारमा २५ प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट गर्ने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट