Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

नगरवासीको बिजुली महसुल पालिकाबाट भुक्तानी

नगरवासीको बिजुली महसुल पालिकाबाट भुक्तानी

रौतहट : रौतहटको मौलापुर नगरपालिकाले सञ्चालनमा ल्याएको "फ्री बिजुली पानी" कार्यक्रम अन्तर्गत नगरवासीको विद्युत् महसुल भुक्तानी गरिँदै आएको छ । जनताको कृषि तथा घरायसी मिटरको समपूर्ण विद्युत् महसुल बापतको रकम मौलापुर नगरपालिकाकी मेयर रिना साहले विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रलाई निरन्तर भुक्तानी गर्दै आएकी हुन् ।

सोहीअनुसार मेयर साहले वैशाख महिनाको विद्युत् महसुल बापतको २२ लाख १० हजार बराबरको चेक प्राधिकरणलाई हस्तान्तरण गरेकी छन्। यस सँगै चालु आर्थिक वर्ष २०८१/०८२ मा मौलापुर नगरपालिकाले जनताको विद्युत् महसुल बापत हालसम्म रु २ करोड ५७ लाख १० हजार रकम विद्युत् प्राधिकरणलाई निकासा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।

मौलापुरमा पहिलो पटक मेयर पदमा निर्वाचित भएपछि साहको निर्देशनमा सञ्चालन गरिएको जनमुखी कार्यक्रम "फ्री बिजुली पानी"विगत ८ वर्षदेखि चल्दै आएको छ। साह २०७४ सालदेखि निरन्तर मेयर छिन् । मौलापुर आजपाका अध्यक्ष प्रभु साहको निर्वाचन क्षेत्र समेत हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट