Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

नागढुंगा–नौबिसे सडकखण्ड आजदेखि चार घण्टा बन्द हुने

नागढुंगा–नौबिसे सडकखण्ड आजदेखि चार घण्टा बन्द हुने

काठमाडौं : त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधारका लागि नागढुंगा–नौबिसेखण्ड आज रातिदेखि बन्द गरिने भएको छ ।नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार आज रातिदेखि ३१ गतेसम्म राति ११ देखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन ‘आंशिक’ रूपमा रोकी निर्माण गरिनेछ ।

काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिनेछ । नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट