काठमाडौं : नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले डीआईजीहरूको काज सरूवा गरेको हो । जसअनुसार ६ प्रदेशमा कार्यालय प्रमुख तोकिएका छन् ।
ईश्वर कार्कीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ भने अरुण पौडेललाई वागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा खटाइएको छ । यस्तै उमा चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा खटाइएको छ ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij