Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै

सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै

काठमाडाै: सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट तीन दिन सम्म चितवनमा हुने भएको छ । १८ वैशाख देखी २० वैशाख सम्म हुने सो सम्मेलनको तयारी पुरा भएको काठमाडौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा नेपाल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ, हेल्थ फाउण्डेसन नेपाल, युएस, चितवन मेडिकल कलेज मेन्टलहेल्थ डिपार्टमेन्ट लगायत १८ बटा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाको संयुक्त आयोजनामा सो सम्मेलन हुन लागेको हो ।

सामुदायिक मानसिक स्वास्थ्यका विषयमा नेपाल र विभिन्न देशमा भइरहेका अध्ययन तथा कामका सिकाइलाई एकै थलोमा भेला भएर छलफल गर्ने र ति सिकाइलाई नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा बन्ने नीति तथा कार्यक्रमहरुको लागि सहयोगी हुने उदेश्यले यो सम्मेलन आयोजना गरिएको आयोजक समितिका संयोजक डा श्रीधर पौडेलले जानकारी दिए । उनले मानसिक स्वास्थ्यको पौच राजधानी बाहिर विकेन्द्रीकरण गर्नको लागि पनि चितवनमा यो सम्मेलन राखिएको बताए । ‘मानसिक स्वास्थ्यको विषयलाई राजधानी काठमाडौ मात्र नभएर उपत्यका बाहिर पनि यसको विस्तार र सचेतना पु¥याउने हाम्रो उदेश्य हो ।

’ उनले भने ‘पहिलो सम्मेलन हामीले जुम्लामा रहेको कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका थियौ, यस पटक चितवन गरेका छौ ।’ सम्मेलनमा सय बढी प्रस्तुती रहने जानकारी दिए । जसमा ३० बटा मौखिक प्रस्तुती १९ बटा पोष्टर प्रजिन्टेसन र १३ बटा प्यानल डिस्कसन हुनेछन् । पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सम्मेलनमा आएका विषयवस्तुले सरकारलाई नीतिगत परिवर्तनका लागि सहयोगी हुने बताए । सम्मेलनको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गर्दैछिन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट