Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मौलाकालिका अस्पताल र माडी जेसीज बीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना

मौलाकालिका अस्पताल र माडी जेसीज बीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना

चितवन : माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत सहमति भएको छ। २०८२ साल बैशाख ११ गते विहिबार सम्पन्न सहमतिपत्रमा दुवै संस्थाले हस्ताक्षर गरेका हुन्। माडी जेसीजले आफ्ना सदस्यहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउने उद्देश्यले मौलाकालिका अस्पतालले प्रस्तुत गरेको ‘व्यावसायिक प्रतिष्ठान तथा संघसंस्था स्वास्थ्य परीक्षण योजना’मा सहभागिता जनाएको हो।

सहमति पत्रमा माडी जेसीजको तर्फबाट अध्यक्ष जेसी ईश्वर रानाभाट र मौलाकालिका अस्पतालको तर्फबाट निर्देशक डा। रमेश घिमिरेले हस्ताक्षर गरेका थिए। सो अवसरमा माडी जेसीजका कानुनी सल्लाहकार जेसी सुनिल गौतम, कोषाध्यक्ष जेसी प्रकाश सुवेदी र उपाध्यक्ष जेसी उत्तम अधिकारीको उपस्थिति रहेको थियो। उक्त सहमति पश्चात माडी जेसीजका सदस्यहरूले अस्पतालको विशेष स्वास्थ्य प्याकेज अन्तर्गत विभिन्न सेवा सुविधाहरूमा सहज पहुँच प्राप्त गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट