Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पाँचौं जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लियो मुम्बई

पाँचौं जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लियो मुम्बई

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो ।जीतका लागि एक सय ४४ रनको लक्ष्य पछ्याएको मुम्बईले १५ ओभर ४ बलमा तीन विकेट गुमाउँदै भेट्टायो । उसका रोहित शर्माले सर्वाधिक ७० रन बनाए । सूर्यकुमार यादव ४० रनमा अविजित रहे ।

हैदराबादका जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।

उसले १३ रन जोड्दा ४ विकेट गुमाएको थियो । उसका हेनरिक क्लासेनले ७१ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्टले ४ तथा दीपक चाहरले २ विकेट लिए ।मुम्बई पाँचौं जितसहित अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईको ९ खेलमा १० अङ्क छ । ८ खेलमा छैटौं हार बेहोरेको सनराइजर्स तालिकाको नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट