Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक सुचारु

पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक सुचारु

काठमाडौँ :  सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड बिहान ५ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिनुभयो ।

हिजो नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र यात्रु रोकिएका थिए ।प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि पहिरो पन्छाएर हिजो केही समय एकतर्फी सञ्चालन गरिएको थियो । अहिले त्यस क्षेत्रमा गाडीको आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ ।

दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । अहिले दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट