Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

कालीमाटीमा ल्याइएको घिरौँलामा विषादी फेला

कालीमाटीमा ल्याइएको घिरौँलामा विषादी फेला

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको घिरौँलामा विषादी फेला परेको छ । धादिङबाट बिक्रीका लागि ल्याइएको घिरौँलामा ५३.९३५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १५ पसलको १५ वटा तरकारी तथा फलफूल परीक्षण गरेको थियो । विषादीको सो मात्रा उपभोग अयोग्य हुन्छ ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट