Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

वन क्षेत्रमा निजी विद्यालय, ठाउँ खाली गर्न वन कार्यालयको निर्देशन

वन क्षेत्रमा निजी विद्यालय, ठाउँ खाली गर्न वन कार्यालयको निर्देशन

बारा : वन कार्यालय बाराले राष्ट्रिय वन क्षेत्रभित्र सञ्चालित ‘बारा एकेडेमी’ लाई ठाउँ खाली गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर नाफामूलक संस्था (निजी विद्यालय) सञ्चालन गरेको भन्दै वन कार्यालयले वडा कार्यालयमार्फत भौतिक संरचना हटाउन एकेडेमीलाई निर्देशन दिएको हो । ‘बारा एकेडेमी’ जीतपुरसिमरा उपमहानगर–१६ को राष्ट्रिय वन क्षेत्रभित्र सञ्चालित छ ।

हलखोरिया सव डिभिजन वन कार्यालयले ३ महिनाअघि वडा कार्यालय मार्फत पत्र पठाएर ‘तुरुन्त वनको अतिक्रमित जग्गाबाट संरचना हटाइ सहयोग गर्न’ भन्दै लिखित निर्देशन दिएको थियो ।

b10 (3)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट