Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

फिल्म ‘कार्की साइँला’ को शुभ मुहूर्

फिल्म ‘कार्की साइँला’ को शुभ मुहूर्

मुहूर्तमा जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल, क्यामेराको स्विच अन डम्बरबहादुर राईले गरेका थिए साथै निर्माता र कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।

k2

बालकुमार राई  निर्माता रहेको सिनेमामा द्वन्द्व राजु किराँती, सङ्गित बाबुल गिरि, नृत्य कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम र पटकथा संवाद अजित लामिछानेको रहेको छ ।
सिनेमामा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ । सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

सिनेमाको पात्र एक भरिया हुन् । सिनेमा आगामी वैशाख २० गतेबाट धनकुटा जिल्लाको विभिन्न स्थानमा छायाङ्कन गरिनेछ यो सिनेमाका लागि अन्य केही कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माण पक्षले बताएका छन्

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट