Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

मोबाइल लुटेको आरोपमा ३ जना पक्राउ

मोबाइल लुटेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ : मोबाइल लुटमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका १८ वर्षीय शिखरजङ्ग थापा, धनुषाको सिर्सिया गाउँपालिका घर भएका १८ वर्षीय राज विष्ट यादव र रौतहटको गरुडा घर भएका सुरेश ठाकुर हजाम छन् ।

आरोपीहरुले वैशाख ५ मा काठमाडौँको बसुन्धारामा ट्याक्सी रोकेर ‘ठमेलमा सामान लिन जानुपर्नेछ’ भनेर एकपटक फोन गर्न मागेर मोबाइल लुटेर फरार भएका हुन् ।

प्रेम तामाङले चलाएको बा.२ ज ३४५८ नम्बरको ट्याक्सीबाट मोबाइल लुट्न शिखरजङ्ग सहित दुई जना मोटरसाइकल चढेर गएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।

आरोपीहरुको साथबाट प्रहरीले ३ थान चोरीको मोबाइल बरामद गरेको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट