काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिककार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको हो ।
नयाँ उपकुलपति सिफारिश भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर अन्जु प्रधानले जानकारी दिईन् ।शिक्षाध्यक्ष शर्माले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए । डा. ज्ञानेन्द्र गिरीको उपकुलपति कार्यकाल गत चैत २६ गते समाप्त भएको थियो । त्यसपछि उपकुलपति नियुक्तिको सुरसार हुन सकेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij