Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

फुटसल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

फुटसल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

नवलपुर : नेपाल निजामती कर्मचारी संगठन नवलपुरको आयोजनामा सञ्चालित फुटसल प्रतियोगिताका विजेता टिमलाई पुरस्कार वितरण गरिएको छ ।

आइतबार कावासोती स्थित जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको नेपाल निजामती कर्मचारी सङ्गठन नवलपुरका अध्यक्ष कमल पोख्रेलले बताउनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनको ३५ औँ स्थापना दिवसको अवसर पारेर शुक्रवार फुटसल प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त क्रममा पुरुषतर्फ ८ वटा समूह र महिला तर्फ दुई वटा समूह सहभागी भएका थिए । प्रतियोगितामा  प्रथम, द्धितिय र तृतीय भएका समूहलाई कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख बाबुराम विश्वकर्माले मेडल , ट्रफी , प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा डिभिजन वन कार्यालय नवलपुरको A टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको थियाे। नेपाल विद्युत प्राधिकरण कावासोती शाखा द्वितीय, बिनयी त्रिवेणी गाउँपालिका तृतीय तथा डिभिजन वन कार्यालयको B टिम सान्त्वना स्थान प्राप्त गर्न सफल भएकाे थियाे।

महिला समूहतर्फको प्रतिस्पर्धामा मध्यविन्दु नगरपालिकाको टिम प्रथम र डिभिजन वन कार्यालयको टिम द्वितीय भएका थिए

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट