Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यू-१९ विश्वकप एशिया छनोट : हङकङलाई हराउँदै नेपाल फाइनलमा

यू-१९ विश्वकप एशिया छनोट : हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ :  नेपाल यू-१९ विश्वकप एशिया छनोटको फाइनलमा पुगेको छ। आज भएको खेलमा हङकङविरुद्ध ९ विकेटको शानदार जित हासिल गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

जितका लागि हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२ ओभर ३ बलमा १ विकेटमात्र गुमाएर भेट्टायो।नेपालको जितमा साहिल पटेलले अविजित रहँदै सर्वाधिक ४२ तथा कप्तान नरेन भट्टले ३९ रन जोडे। निरजकुमार यादवले २३ रन बनाए।

त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङमा तानिएको हङकङले ४६ ओभर २ बलमा सबै विकेट गुमाएर ११५ रनमात्र बनाएको थियो।

उसका लागि शिव माथुरले सर्वाधिक ६३ रनको योगदान गरे। आर्य पज्वानीले १३, वीर माथुरले १२ तथा ह्यारी थोमसले १० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए। नेपालले अब समूह चरणको अन्तिम खेलमा आगामी शनिवार अफगानिस्तानसँग खेल्नेछ । सोही खेलको विजेताले विश्वकपमा स्थान बनाउनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट