Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कलकताविरुद्ध पन्जाबको सनसनीपूर्ण जित

कलकताविरुद्ध पन्जाबको सनसनीपूर्ण जित

काठमाडौं : पन्जाब किङ्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कीर्तिमानी जित हात पारेको छ। मंगलबार राति भएको खेलमा ११२ रनको लक्ष्य पाएको कलकता नाइट राइडर्सलाई १६ रनले हराउँदै पन्जाबले नाटकीय जित हात पारेको हो। कलकताले १५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रनमा जोड्यो।

झिनो लक्ष्य पछ्याएको कलकताले ७.३ ओभरमा दुई विकेट गुमाउँदै ६२ रन जोडेको थियो। युजभेन्द्र चावलले १७ रन जोडेको अजान्का राहनेलाई आउट गरेपछि खेल पञ्जाबको पक्षमा मोडिएको हो।

त्यसपछि चावल र ग्लेन म्याक्सवेल दुवैले कलकताको ब्याटिङ लाइनलाई धरासायी पारे। ७२ बन्दा रन अंगरिस रघुवंशी आउट भएपछि कलकता सम्हालिन सकेन।

कलकताले त्यसपछि सात रनको अन्तरमा पाँच विकेट गुमाएको हो। ग्लेन म्याकसवेलले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिए। आर्शदीप सिंहले नवौँ विकेटको रूपमा हर्षित वैभव आरोहालाई आउट गरेपछि मार्को जेन्सनले ११ बलमा १७ रन जोडेका मार्को जेन्सनलाई आउट गरे। जेन्सनले कुल तीन विकेट लिए। प्लेयर अफ द म्याच घोषित चावलले ४ ओभरमा २८ रन खर्चेर चार विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १५.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १११ रन जोडेको थियो। पन्जाबका लागि प्रभ्सिरमन सिंहले १५ बलमा ३० रन जोडे। प्रियांस आर्यले १२ बलमा २२ रनको योगदान गरे। कलकताका हर्षित रानाले तीन विकेट लिए भने वरुण चक्रवर्ती र सुनिल नारायणले समान दुईदुई विकेट लिए।

अघिल्लो सिजन कलकतासँगको खेलमा नै पन्जाबले नै सबै भन्दा धेरै रनको लक्ष्य पुरा गरेर कीर्तिमान राखेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट