Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चार देशीय टी-२० सिरिजको उपाधि भिडन्तमा नेपालले कुवेतसँग खेल्दै

चार देशीय टी-२० सिरिजको उपाधि भिडन्तमा नेपालले कुवेतसँग खेल्दै

काठमाडौं : चार देशीय टी-२० सिरिजको उपाधि भिडन्तमा आज नेपालले कुवेतसँग खेल्दैछ। खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा विहान सवा ११ बजे हुनेछ।

शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो।

नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङको अवसर पाएको थियो। हङकङले ‌९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो।

हङकङका अंशुमान रथ १७, जिशान अली ३० र निजाकत खान ३ रनमा आउट भएका थिए । बाबर हयात र कल्हन चालुले समान १-१ रन बनाएको अवस्थामा वर्षा भएको थियो। तर र‌ंगशाला क्षेत्रमा वर्षा नरोकिएपछि दुवै टोलीले एक(एक अंक बाँडेका हुन्।

नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो। कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। हङकङ र कतारले तेस्रो स्थानका लागि आजै खेल्दैछन्।

जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट