Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामनासहित भित्तेपात्रो बिमोचन

उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामनासहित भित्तेपात्रो बिमोचन

चितवन : उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गको आयोजनामा नववर्ष २०८२ को शुभकामना आदानप्रदान सहित भित्तेपात्रो ९क्यालेण्डर० बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली प्रमुख अतिथि रहेका थिए । पराजुलीले नववर्षको शुभकामना सहित उज्यालो टाईम्स मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्दै समाजमा नागरिकहरुलाई सूचनाको माध्यमबाट आफ्नो भूमिकालाई अगाडि बढाईरहेको र अझै सशक्त रुपमा अगाडि बढ्न समेत आग्रह गरे ।

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत गरेको कार्यक्रममा चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट ९कृष्ण०, युरो मोटर्सका अध्यक्ष रुबिन रामुदामु, समाजसेवी एवम् सत्यवचन परम् ईश्वरीय मार्ग दर्शनका प्रमुख कृष्ण आलेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा महिला उद्यमी पार्वती सुवेदी कुँबर, युवा व्यवसायी एवम् भुज्जु चुलोका सञ्चालक सन्तोष श्रेष्ठ, डायनमिक कस्न्ट्रसनका सञ्चालक युवराज क्षेत्री, स्नो ह्वाइट टुर्स एण्ड ट्राभल्सका सञ्चालक मञ्जिल शर्मा, नमस्ते मेरो मोवाइलका सञ्चालक सुरज पौडेल, चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ, चितवनका सचिव बीर बहादुर राना मगर, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका निर्देशक कपिल सागर कर्माचार्य, व्यवस्थापक राधा शर्मा, दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तर्गत उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गले नववर्ष २०८२ को अवसरमा प्रकाशन गरेको भित्तेपात्रो ९क्यालेण्डर०को विमोचन समेत गरिएको थियो । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका निर्देशक राज कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्गका अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट