Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

प्रकृति

प्रकृति

प्रिय प्रकृति

आज म

तिम्रो हाल देखेर

वसन्तमा

तिम्रो शोभायमान

सुन्दरताको ‘मान’ नभएर

दुःखित छु ।

तिमीले मान्छेलाई

आफू निस्सार हुने गरी

सके जति दियौँ

उसले थोरै पनि

लिन जानेन ।

तिमीले

हिमालदेखि पहाड तराईसम्म

हरेक ऋतुहरूमा

प्रेम वर्षाइ रह्यौ

मान्छेले तिमीलाई

हरदम

दोहन गरिरहयो ।

तिमीले हामीलाई

हलपल

मौका दिइरह्यौ

हामी हाम्रो स्वार्थमा

तिम्रो अस्तित्व नामेठ

हुनेगरी खेलिरह्यौँ ।

खोला तरेपछि

लौरो बिर्सिन्छ

भनेझैँ

तिमीलाई उपयोग

गरेपछि बिर्सेकाहरूको

नाक, आँखा पोलिरहेछ

प्रदूषणले अघाइरहेछन् ।

करुणामयी हृदयकी तिमी

वर्षी दियौ आज फेरि

आफैँ रित्तिने गरी

धर्ती सरस भयो

र

बगैँचाका फूलहरू मखलेल भए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij