काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालनको काममा सघाउन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ ।एसईईको उत्तरपुस्तिका जाँच नगर्दा परीक्षा दिएर बसेका विद्यार्थीको नतिजा प्राप्तिपछि पाउने अवसरमा प्रत्यक्ष असर पर्ने भएकाले उत्तरपुस्तिका परीक्षणमा सघाउन बोर्डले आग्रह गरेको हो ।
चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले माग पूरा नभएमा एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने बताएका छन् ।बोर्डले उत्तरपुस्तिका परीक्षणसँगै परीक्षा सञ्चालन व्यवस्थापनमा पनि शिक्षकहरूकै भूमिका महत्त्वपूर्ण हुने स्मरण गराएको छ ।
शिक्षकको हक अधिकार सुनिश्चित हुने विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन भन्दै नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० देखि शिक्षकहरू काठमाडौंको सडकमा प्रर्दशनरत छन् । २५ गते देखि महासंघले उत्तरपुस्तिका परीक्षणदेखि सम्पूर्ण शैक्षिक गतिविधि रोकेर शैक्षिक हड्ताल घोषणा गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij