चितवन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को साहायक संगठन, याेङ्ग कम्युनिष्ट लिग (वाई.सि.एल.) नेपाल, भरतपुर महानगरपालिका वडा नं १५ को अध्यक्षमा रोमिनजंग थापा निर्वाचित भएका छ्न । आज भएको ४ औं वडा सम्मेलनबाट थापाको नेतृत्वमा १८ सदस्यीय कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा निशा परियार, सचिवमा श्याम दाहाल, सह–सचिवमा विकास पौडेल, कोषाध्यक्षमा आदेष गौतम चयन भएका छन । संगठनलाई मजबुद बनाएर आगामी २०८४ को निर्वाचनमा भरतपुर १५ मा माओवादी केन्द्रलाई नेतृत्वदायी बनाउने उनको लक्ष्य रहेको बताए । नवनिर्वाचित अध्यक्ष थापा बिगत १० वर्षदेखि राजनैतिक क्षेत्रको विभिन्न पदमा रहेर सक्रिय राजनिती गर्दै आईरहेका छन । उनी सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आईरहेका छन ।