Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

शिक्षक आन्दोलनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुरको ऐक्यवद्धता

शिक्षक आन्दोलनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुरको ऐक्यवद्धता

चितवन : विद्यालय शिक्षा ऐनको माग गर्दै भइरहेको राजधानीकेन्द्रित शिक्षक आन्दोलनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुरले ऐक्यवद्धता जनाएको छ ।महासंघ भरतपुरका अध्यक्ष सुदीप सुवेदीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।

‘विद्यालय शिक्षा सम्बन्धी संवैधानिक प्रावधान र सरकारले गरेका सम्झौता एवं प्रतिवद्धता कार्यान्वयन गर्दै आमअभिभावकको चाहना र बालबालिकाको हितअनुकूल हुने गरी विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरुलाई राजधानीको सडकबाट विद्यालयमा फर्कने वातावरण बनाउनु हुन नेपाल सरकारसमक्ष जोडदार माग गर्दै शिक्षक महासंघले गरेको राजधानीकेन्द्रित आन्दोलनप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुर महानगर समितिको ऐक्यवद्धता रहेको जानकारी गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको संविधान २०७२ जारी भएको एक दशक हुँदा पनि संविधान कार्यान्वयनको लागि विद्यालय शिक्षा ऐन जारी हुन नसक्नु र शिक्षा ऐनको माग गर्दै शिक्षकहरु पटकपटक सडक आन्दोलनमा उत्रनु पर्ने परिस्थिति बन्नु अत्यन्तै दु:खद पक्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पञ्चायतकालमा बनेको शिक्षा ऐनबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालको विद्यालय शिक्षा निर्देशित भएर विद्यालय शिक्षा अस्तव्यस्त हुन पुग्नु अत्यन्तै दुखद पक्ष रहेको छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट