Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने

विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने

काठमाडौं :  काठमाडौँको नयाँबसपार्कस्थित विष्णुमती किनारामा एक करोड ९८ लाख २२ हजार लागतमा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिका–९ विष्णुमती करिडोरमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको एक करोड ९८ लाख २२ हजार लागतमा पार्क निर्माण हुन लागेको हो ।

नयाँबसपार्कको सिमानासँग जोडिएको विष्णुमतीमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका ८२ अस्थायी टहरा हटाएर उक्त स्थानमा पार्क निर्माण गर्न लागिएको हो ।

नयाँ निर्माण भएको पार्कभित्र खुला व्यायमशाला, ज्येष्ठ नागरिक मिलन केन्द्र, चिल्ड्रेन पार्क र अपाङ्गमैत्री शौचालय रहने टोखाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर विसीले जानकारी दिए ।

नगरप्रमुख प्रकाश अधिकारीले स्थानीयवासीको लामो समयदेखिको मागअनुसार पार्क निर्माण कार्य अगाडि बढाइएको बताए ।

उनले नेपाल भूकम्पले अति जोखिम क्षेत्र भएकाले खुल्ला स्थान बनाउनुपर्ने स्थानीयको मागअनुसार पार्क तथा उद्यान निर्माण गर्न लागिएको बताए । पार्क एक वर्षभित्र निर्माण सम्पन्न हुने सो नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij