Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

काभ्रेमा बस र माइक्रो ठोक्किए, ११ जना घाइते

काभ्रेमा बस र माइक्रो ठोक्किए, ११ जना घाइते

काभ्रे : काठमाडौंबाट रामेछापको बाम्तीभण्डारतर्फ गइरहेको यात्रुबाहक बस बीपी राजमार्गमा दुर्घटना भएको छ। काभ्रे रोशी गाउँपालिका–९ दाउने मोडमा आज बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिए।

उनका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीमध्ये ४ जनालाई ४ जनालाई मेथिनकोट अस्पताल र ७ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको गिरीले बताए।

यात्रुबाहक बस खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे–१ ख ३३९४ नंम्बर को हाइस गाडीलाई ठक्कर दिएर सडकबाट २० मिटर तल खसेको थियो। प्रहरीका अनुसार बसमा सवार १५ जना सवार रहेका थिए। बस चालक मंगलटार प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij