Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आइपिएल : गुजरातसँग राजस्थान ५८ रनले पराजित

आइपिएल : गुजरातसँग राजस्थान ५८ रनले पराजित

काठमाडौं : गुजराज टाइटन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थान उक्लिएको छ।  गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ।

२ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो।

राजस्थानले १२ रन जोड्दा पहिलो २ विकेट गुमायो। यशस्वी जैसवाल ६ रनमा र नितिश राना मात्र १ रनमा आउट भए। निरन्तर अन्तरालमा विकेट झर्दा राजस्थान दबाबमा पर्यो।

राजस्थानको लागि सिम्रन हेटमेरले ३२ बलबाट सर्वाधिक ५२ रन बनाए।कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।

बलिङमा प्रसिद्ध कृष्णाले ३ विकेट लिए। रसिद खान र साई किशोरले समान २ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो।

ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर साई सुदर्शन र जस बटलरले दोस्रो विकेटको लागि ८० रनको साझेदारी गरे। बटलर ३६ रनमा आउट भए।

त्यसपछि साहरुख खानले पनि साई सुदर्शनसँग तेस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। साहरुख पनि ३६ रनना आउट भए।

क्रिजमा टिकेका साईले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दो अर्धशतक बनाए। उनी १९ औं ओभरको दोस्रो बलमा कुल ८ चौका र ३ छक्काको मद्दतमा ८२ रन जोडेर आउट भए। उनले ५२ बल खेले।

राहुल टेवाटिया अविजित २४ रनमा रहे। उनले १२ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे। बलिङमा तुसार देशपाण्डे र महिश थेकसानालेनसमाले समान २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १–१ विकेट झारे।

प्रतियोगिता अन्तरगत आज रोयल च्यालन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट