Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु

खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु

झापा : झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।

घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आउनुभएको थियो ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट