Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै

चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै

काठमाडौँ : चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपाल (सोनेट) को आयोजनामा हुन लागेको उक्त सम्मेलन भौतिक मन्त्रालय र शहरी विकास मन्त्रालयको सह-आयोजना रहेको जनाइएको छ ।

सोनेटले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिइएको हो । दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल अध्यक्ष डा. हरेराम श्रेष्ठलेले स्मार्ट यातायात प्रणालीको प्रवर्द्धन कृत्रिम बुद्धिमत्ता र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्न सम्मेलनले मदत गर्ने बताए ।उनले उत्थानशील पूर्वाधारको विकास प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य विपद्हरुको सामना गर्न सक्ने यातायात प्रणालीको निर्माण गर्नु सम्मेलनको उद्देश्य रहेको उल्लेख गरे ।

‘यस सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने,‘ विभिन्न सरोकारवालबीच सहकार्य गरी प्रभावकारी नीति निर्माण प्रविधिको प्रयोग र यातायात संरचनामा सुधारका उपायहरुबारे छलफल गरिनेछ । साथै यस सम्मेलनमा १२ भन्दा बढी मुलुकका विज्ञहरुको सहभागिता रहनेछ र १६ वटा सेशनमा छलफल गरिनेछ । २२ जना अन्तराष्ट्रिय वक्ता र ४५ भन्दा बढी राष्ट्रिय वक्ता तथा प्यानलिस्टहरुको उपस्थितिमा छलफल गरिने छ ।’

यस सम्मेलनले नेपालको यातायात क्षेत्रलाई सुरक्षित, दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको अध्यक्ष श्रेष्ठको दाबी छ । । उनले विभिन्न सरोकारवालासँग सहकार्य गरी प्रभावकारी नीति निर्माण, प्रयोग र यातायात सञ्चालनमा सुधारका उपाय खोजिने बताए । सम्मेलनले नेपालको यातायात प्राणालीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन योगदान गर्ने पनि श्रेष्ठको भनाइ छ ।

यस्तै इन्जिनियर हेमन्त तिवारीले उक्त सम्मेलनको पहिलो दिन विदेशी विज्ञहरुसँग छलफलहुने, दोस्रो दिन नेपालका एकेडेमिक क्षेत्रका सरोकरवालाहरुसँग र तेस्रो दिन सम्बद्ध सरकारी निकायहरुसँग रोड मेन्टिनेन्स रोड सेफ्टीको विषयमा छलफल गरिने जानकारी दिए ।

साथै सम्मेलनमा यातायात क्षेत्रका विज्ञहरु, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल हुनेछ जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट