Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

क्यान्सरसँग लड्दै रत्ननगरका मेघनाथ : परिवारद्वारा सहयोगको अपिल

क्यान्सरसँग लड्दै रत्ननगरका मेघनाथ : परिवारद्वारा सहयोगको अपिल

रत्ननगर : रत्ननगर नगरपालिका वडा नं. १५ निवासी मेघनाथ लामिछाने गम्भीर क्यान्सर रोगबाट पीडित छन् । सरल र सहयोगी व्यक्तित्वका रूपमा स्थानीय समुदायमा परिचित लामिछानेको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ।

लामिछानेको उपचारका लागि आवश्यक पर्ने खर्च परिवारको आर्थिक अवस्था कमजोर भएकोले धान्न नसक्ने अवस्थामा पुगेकाले अहिले लामिछाने परिवार गहिरो आर्थिक संकटमा रहेको छ। पारिवारिक स्रोतका अनुसार, उहाँको जीवनरक्षा गर्न ठुलो रकम आवश्यक छ, तर स्रोत अभावले समयमै उपचारमा कठिनाइ भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएकोले मेघनाथको परिवारले स्थानीय समुदाय, सामाजिक सङ्घसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूलाई आर्थिक सहयोगको अपिल गरेका छन्। सहयोग गर्न इच्छुक व्यक्तिहरूले मेघनाथ लामिछानेको परिवारसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने जानकारी दिइएको छ। यस कठिन घडीमा सबैको साथ पाएमा उहाँले पुनर्जिवन पाउने विश्वास परिवारले व्यक्त गरेको छ।

सहयोग गर्न चाहने महानुभावहरूले रञ्जित लामिछानेको मोबाइल नम्बर ९८४५४८३०९३ ,रवि तिवारीको मोबाइल नम्बर ९८४५१४४१८६ र वडाध्यक्ष आसिक तामाङको मोबाइल नम्बर ९८५५०६६५६२ सम्पर्क गरेर सहयोग गर्न सक्ने पारिवारीक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट