चितवन : चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली आतिथ्य सेवालाई स्थापित गर्ने लक्ष्यका साथ ‘वृक्षालय इभेन्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट’ सुरु भएको छ । हस्पिटालिटी क्षेत्रमा लामो अनुभव बटुलेका युवाहरुद्वारा ‘वृक्षालय इभेन्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट’ व्यवसाय सुरु गरिएको हो।
ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो कम्पनीले इभेन्ट म्यानेजमेन्टदेखि होटल तथा रेस्टुरेन्ट व्यवस्थापनसम्मका सेवा उपलब्ध गराउनेछ।
हस्पिटालिटी तथा इभेन्ट म्यानेजमेन्ट क्षेत्रमा दक्ष टोलीद्वारा सञ्चालित यस व्यवसायले विवाह, कर्पोरेट कार्यक्रम, सांस्कृतिक समारोह तथा विशेष कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुका साथै, होटल तथा रिसोर्ट व्यवस्थापन, फुड क्याटरिङ, वेडिङ डेकोरेशन, सेमिनार तथा गोष्ठी व्यवस्थापन जस्ता विविध सेवाहरू प्रदान गर्नेछ ।
वृक्षालय इभेन्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्टले ग्राहकहरुको रोजाईलाई प्राथमिकतामा राखेर नविनतम प्रविधि तथा ट्रेन्डहरूलाई आत्मसात गर्दै सेवा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीका संस्थापक मध्ये एकले बताए ।
वृक्षालय इभेन्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्टले आगामी दिनमा आफ्नो सेवा विस्तार गर्दै नेपाल मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत पुर्याउने लक्ष्य राखेको छ ।
यस कम्पनीले डिजिटल प्रविधिलाई प्रयोग गर्दै अनलाइन बुकिङ, कस्टमाइज्ड इभेन्ट प्लानिङ तथा अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सेवा प्रदान गर्ने योजना बनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij