Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रत्ननगरमा गैंडाको आक्रमणबाट दुई महिला घाइते

रत्ननगरमा गैंडाको आक्रमणबाट दुई महिला घाइते

चितवन : चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट दुई महिला घाइते भएका छन् ।आज दिउँसो १२:४० बजेको समयमा रत्ननगर नगरपालिका-७ बाघमारास्थित जंगलमा घाँस काट्न जाने क्रममा महिलाहरुलाइ गैंडाले आक्रमण गरेको हो ।

घाइते हुनेहरुमा रत्ननगर-७ बस्ने वर्ष ५२ की ठुली तामाङ र सोही ठाउँ बस्ने ५६ वर्षीय जानकी महतो रहेका छन् ।दुवै जनाको अवस्था मध्यम छ भने भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट