Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नीजि मेडिकल कलेज विरूद्ध आवासीय चिकित्सक आन्दोलनमा

नीजि मेडिकल कलेज विरूद्ध आवासीय चिकित्सक आन्दोलनमा

चितवन : चितवन मेडिकल कलेज (नया मेडिकल कलेज) तथा कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज)मा अध्ययनरत आवासीय चिकित्सकले विगत ५ दिन देखि नीजि मेडिकल कलेज विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन ।

गत माघ २५ गते नीजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निर्णय गरेको थियो । तर निर्णय भएको २ महिना बितिसक्दा पनि कार्यान्वयन नभएको र निजी मेडिकल कलेज सञ्चालकले आठौ तह बरबरको निर्वाह भत्ता दिन सिधै अस्विकार गरेको भन्दै अहिले फेरि नीजि मेडिकल कलेजका आवसीय चिकित्सक आन्दोलानमा उत्रिएका हुन्।

देशव्यापी रुपमा चलेको यस आन्दोलनमा चितवनका आवासीय चिकित्सकले धर्ना दिने, आफुले कुनै प्रकारका सेवा नदिने, शान्तिपूर्ण र्याली निकाल्ने, प्रमुख जिल्ला आधिकारीलाई ज्ञापन पत्र बुझाउने जस्ता आन्दोलनका कार्यक्रम गर्दै आईरहेका छन् ।

निजी मेडिकल कलेजले नेपाल सरकारका प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोग र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले गरेको निर्णयलाई सिधै उलंघन गरेका छन। सम्बन्धित विश्व बिद्यालयले समेत सबै नीजि मेडिकल कलेजलाई निर्णय कार्यन्वयन गर्न परिपत्र जारी गरिसकेको छ ।

आवासीय चिकित्सकले निजी मेडिकल कलेजले आफूहरूलाई श्रमशोषण गरेको भन्दै एक वर्षअघिदेखि संघर्ष समिति बनाएर नीजि मेडिकल कलेज विरुद्ध लड्दै आइरहेका थिए । पछिल्लो समय गत २५ माघमा सरकारले उनीहरूको तलब सरकारी मेडिकल कलेजसरह हुनुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट