Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पाल्पा : पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–७ खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार भट्टराईको आफ्नै घरबाट ३०० मिटर पूर्वतर्फ बारीमा रहेको साँजको घाँस काटिरहेका बेला अचानक रुखबाट खसेर मृत्यु हो । प्रनाउ मल्लका अनुसार भट्टराई रुखबाट खसेको स्थानीयले जानकारी गराएलगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा मृत्यु भएको पाइएको छ ।

बिहानै घरबाट घाँस काट्न निस्किएका भट्टराई अबेरसम्म घर नआएपछि परिवार र छिमेकीले खोजी गर्दा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण तिमिल्सेनाले जानकारी दिए । अहिले उनको शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै माछा मार्ने क्रममा ढुङ्गाले च्यापिएर तिनाउ गाउँपालिका–५ चर्चरका लालबहादुर रास्कोटीका १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा आज दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए। कालीमाटीस्थित डुम्रे खोलामा माछा मार्न गएका रास्कोटीलाई ढुङ्गाले च्यापेको थियो ।

प्रहरी चौकी प्रभासबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकामा उपचारको क्रममा मृत्यु भएको मल्लले बताए । दुई वटै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij