Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुरमा मेयर रेनुको स्वास्थ्य अभियान : टोल-टोलमा ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ फेरि सुरू

भरतपुरमा मेयर रेनुको स्वास्थ्य अभियान : टोल-टोलमा ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ फेरि सुरू

भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा घर घरबाटै जनतालाई स्वास्थ्य सेवा दिन ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ फेरि सुरू भएको छ । गत सालदेखि भरतपुर-२४ बाट सुरूवात भएको अभियान यो वर्ष पनि वडा नं. २२ पटिहानीबाट सुरू गरिएको हो । गाँउ–गाँउ, वडा–वडा र टोलटोलमामा पुगेर चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रयोगशालासहितको घर घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यक्रमको सुरवात गरिएको मेयर रेनु दाहालले जानकारी दिनुभयो ।

भरतपुर–२२ मा एक समरोहकाबीच ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ को सुरुआत मेयर दाहालले आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरेर शुभारम्भ गर्नु भएको थियो । जनताको स्वास्थ्य अब महानगरको पहिलो प्रथामिकता बनेको भन्दै मेयर रेनु दाहालले विकास र समृद्विसगै अगाडी बढेको बताउनुभयो । उहाले भन्नुभयो, ‘महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर गत वर्षदेखि अभियानकै रूपमा कार्यक्रम आयोजना गरिएको हो’, स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीहरूको थप उपचारका लागि महानगर मतहतका स्वास्थ्य संस्थामा उपचारको व्यवस्था गरिनेछ।’

उहाले थप उपचारका लागि संघीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालसँग समन्वय गरिएकोले अस्पतालबाट समेत जनताले थप उपचार पाउने भनाइ थियो। यस कार्यक्रमअन्तर्गत महानगरपालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिनेछ। महानगरभित्र रहेका ६० देखि ६८ वर्षमाथिका करिब १५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचापको परीक्षण, पिसाबमा प्रोटिन जांच गरिनुका साथै तौल लिइने महानगर स्वास्थय विज्ञ सल्लाहकार डा. भोजराज अधिकारीले जानकारी दिनुभयो । १ महिनासम्म स्वास्थ्यकर्मी जनताको घरदैलोमा पुग्नेछन्।

यस क्रममा आएका जनताका समस्यालाई समाधानका लागि शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने कार्यक्रम संयोजक केशव भट्टले जानकारी दिनुभयो । उहाका अनुसार यस कार्यक्रममा एक सय स्वास्थ्यकर्मी परिचालन हुनेछन्। अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन्। सो अभियानमा नसर्ने रोगलाई प्राथमिकतामा राखिनेछ। करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको सुवेदीले बताए। महानगरभित्र प्राथमिक स्वास्थ्यचौकी, स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्यकेन्द्र, नगर स्वास्थ्यकेन्द्र र आयुर्वेद स्वास्थ्यकेन्द्र गरी ४० वटा स्वास्थ्य उपचार केन्द्र रहेका छन्। वडा नं २२ का वडाध्यक्ष विष्णुकुमार महत्तोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट