Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

खैरहनीवासीले निःशुल्क रगत पाउने

खैरहनीवासीले निःशुल्क रगत पाउने

खैरहनी : खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोवास गर्ने नगरवासीका लागि नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाले चितवन जिल्लाभित्रका सबै अस्पतालहरुमा उपचार गराउने आफ्ना नगरवासीहरुका लागि रगत आवश्यक पर्ने भएमा निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।

नगरपालिका सभाहलमा नगरवासीहरुलाई निःशुल्करुपमा रगत उपलब्ध गराउनेसम्बन्धमा खैरहनी नगरपालिकाको कार्यालय र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता २०८२ साल वैशाख १ गतेदेखि लागू हुने नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नवीन अधिकारीले जानकारी दिए । चितवन जिल्लाभित्रका सम्पूर्ण अस्पतालमार्फत उपचार गराउने बिरामीहरुलाई आवश्यक पर्ने रगत तथा रक्त त¤व प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमार्फत स्थायी बसोवास खुल्ने परिचयपत्र तथा नगरपालिकाअन्तर्गत कार्यरत कर्मचारीहरुलाई कर्मचारी परिचयपत्रका आधारमा निःशुल्क प्राप्त हुने व्यवस्था गरिएको उनले बताए ।

सम्झौतामा खैरहनी नगरपालिकाको तर्फबाट नगरप्रमुख शशिकुमार खनियाँ तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको तर्फबाट सोसाइटीका सभापति हरिप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि सभापति पौडेलले चितवन जिल्ला उपत्यकाबाहिरकै सबैभन्दा ठूलो मेडिकल हब भएकोले वार्षिक न्यूनतम ६० हजार युनिट रगत आवश्यक रहेको, तर रक्तदाताको संख्या कम हुँदै जाँदा व्यवस्थापनमा कठिनाइ रहेको भन्दै नगरपालिकाले कसैले पनि रकम

अभावमा रक्त त¤वको अभाव नहोस् भन्ने उद्देश्यले मह¤वपूर्ण सम्झौतामा हस्ताक्षर गरेकोमा धन्यवाद दिए । नगरप्रमुख खनियाँले नगरपालिकाले आफ्ना नगरवासीको स्वास्थ्यसेवामा पहुँचका लागि अनवरत लगानी गरिरहने र यस कार्यक्रमलाई हरेक वर्ष बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘खैरहनी नगरपालिकाले पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक विकासमा लगानी गरेको छ’, नगरप्रमुख खनियाँले भने, ‘हरेक नगरवासीमा खुसी ल्याउने काम गर्नु हाम्रो कर्तव्य हो, त्यसमा हाम्रो टिम नै प्रतिबद्ध छ ।’

नगरपालिकाले रक्तदान कार्यक्रमलाई प्रोत्साहन गर्नका लागि नगरपालिकाभित्र रक्तदान कार्यक्रम योजना गर्ने सघंसंस्थालाई आव २०७९/८० देखि नै प्रतिरक्तदाता रू. १०० का दरले अनुदान उपलब्ध गराउँदै आइरहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख शशिकुमार खनियाँसहित नगर उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा, सामाजिक विकास समिति संयोजक रोहिणीप्रसाद उप्रेती, नगर शिक्षा अधिकारी राजु बानियाँ, नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य चन्द्रकान्त न्यौपाने, खैरहनी नगरपालिकाअन्तर्गत कठार, कुमरोज, चैनपुर उपशाखाका सभापति, खैरहनी उपशाखाका सचिवलगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट