भुलभला मेलाको अवसर पारी पोखरा महानगरपालिका वडा न ३३मा तेस्रो वडा अध्यक्ष कप प्रतियोगिता २०८१ हुने भएको छ ।
भुलभुला युवा क्लब पोखरा ३३ को आयोजना तथा पोखरा महानगरपालिका वडा न ३३ को आर्थिक ब्यस्थापनमा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत्र २८ गतेदेखि वैशाख १ गते सम्म पोखरा ३३ उपल्लो पुडी खेल मैदानमा सुरु हुनेछ ।
स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटबल खेल को बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २ दर्जन बढी टिमको सहभागिता रहने अपेक्षा गरेको प्रतियोगिताका खेल सयोजक अशाेक कार्कीले जानकारी दिएका छन् ।
प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद पच्चपन्न हजार पाँच सय पच्चपन्न ( ५५,५५५) पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद तेत्तीस हजार तीन सय तेत्तीस ( ३३,३३३) मेडल, प्रमाणपत्र हात पार्ने क्लबका अध्यक्ष आसिक कुंवर बताए । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिने क्लबका सचिब प्रकाश बस्याैलाले जानकारी दिए ।
वैशाख १ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ। यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजकले टिम दर्ता गरि प्रतियोगितामा सहभागिता का लागि ईच्छुक सबैलाई चैत्र २७ गते सम्ममा टिम दर्ता गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij