पोखरा महानगरपालिका वडा नं–३२, स्थित ब्रह्मरुपा माध्यमिक विद्यालय राजाको चौतारा कास्कीमा १० लाख एक हजार एक सय एघार रुपौँयाकोे ‘प्रजापति–कलावती स्मृति पुरस्कार‘ को स्थापना गरिएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष स्व। प्रजापति पण्डित र माता कलावती पण्डितको स्मृतीमा कम्प्युटर ईन्जिनियरिङ्ग प्राविधिक धारतर्फका कक्षा ९ देखि १२ मा अध्ययनरत १÷१ जना उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र छात्रालाई सो पुरस्कार दिइने गरी छात्रवृत्ति पुरस्कारको स्थापना गरिएको हो ।
यस विद्यालयका पूर्व विद्यार्थी स्वयंप्रकाश पण्डितले एवं संस्थापक मध्येवाट अक्षयकोषमा रहनेगरी भरपर्दो वित्तीय संस्थाको मुद्दती खातामा राखि त्यसवाट आउने ब्याजबाट सो रकम वितरण गरिने जानकारी दिए ।
विषेश कार्यक्रमका शुक्रवार पोखरा महानगरपालिका वडा नंं ३२ बडहरे निवासी प्रमुख संस्थापक संरक्षक डा। स्वयंप्रकाश पण्डितले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डित र प्रधानाध्यापक जनार्दन सुवेदीलाई संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् ।
प्राविधिक धार तर्फका विद्यार्थीको अध्ययन गर्ने हौसला प्रदान गर्नको लागि प्राविधिक विद्यालयमा सहयोग गरिएको संस्थापक संरक्षक डा। स्वयंप्रकाश पण्डितले बताए ।
भने विद्यालयका सहायक प्रधानाध्यापक मधुसुधन सापकोटाले धन्यवाद दिदै सो पुरस्कार विद्यालय र विद्यार्थीको हितमा हुने बताए ।
अक्षयकोष दाता एवम् संरक्षकहरुमा प्रमुख संरक्षक डा। सवयं प्रकाश पण्डित/मेनका पण्डित, संस्थापक संरक्षकमा डा। सर्वज्ञ पण्डित/डा। प्रतिक्षा पण्डित र संस्थापक संरक्षकमा डा। कृष्ण चन्द्र/डा। श्रद्धा पण्डित, शिवाङ्क पण्डित, पार्थ स्वयं पण्डित र कृशिभ महत रहने छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij