काठमाडौं : वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।प्रतियोगितामा ६ खेल खेल्दै नेपालले दोस्रो जित हात पारेको हो। टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।
हङकङले दिएको १०५ को लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन्।कप्तान इन्दु बर्माले १८ रन बनाइन्। उनले पहिलो विकेटका लागि सम्झना खड्कासँग ५३ रनको अर्धशतकीय पारी खेलिन्। पूजा महतोले अविजित २० रनको पारी खेलिन्।
उनीसँगै अलिसा कुमारी यादव ५ रनमा अविजित रहिन्। हङकङका लागि माहिके दिप र लाईले समान १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको हङकङका लागि ओपनर सान्जिन सहजादले सर्वाधिक ५४ रन बनाइन्।
चान का इनले २९ बलमा १६, यास्मीन दास्वानीले १४ रन बनाइन्। नेपालका लागि राजमती ऐरीले सर्वाधिक ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले २ विकेट लिइन्। पूजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij