Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

काठमाडौँ उपत्यकाको आकाश खुल्यो

काठमाडौँ उपत्यकाको आकाश खुल्यो

काठमाडौँ : केही दिनयता धुम्म बनेको काठमाडौँ उपत्यकाको आकाश खुलेको छ । गए राति परेको पानीसँगै काठमाडौँ उपत्यकाको आकाश खुलेको हो । केही दिनयता काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरमध्ये एक बनेको थियो ।

त्योसँगै आकाश धुम्म बनेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका केही भूभागमा बिहीबार राति वर्षा भएको थियो । सोसँगै आकाश पनि खुलेको छ । वायु प्रदूषण पनि घटेको छ । स्थानीय वायुबाट बनेको प्रणालीबाट हावाहुरी र गड्याङगुडुङसहित वर्षा हुने गर्छ । केही समय पछि हराएर जाने गर्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij