सिमलचौर बराल कुलायन संरक्षण समिति, पोखरा - १३ आर्वाले कुल संरक्षणमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान् गरेको छ।
कुल पुजाको अवसरमा आयोजित कार्यक्रममा समितिका संरक्षक कृष्ण प्रसाद बराल, जेष्ठ नागरिक कृष्णराज बराल, निलकण्ठ बराल,कलाधर बराल,पितृ प्रसाद बराल र नन्दकली बराललाई सम्मान गरिएको समितिका सदस्य अन्जु बरालले जानकारी दिनुभयो। उनीहरूलाई पोखरा १३ का वडाध्यक्ष किरण बराल , समितिका अध्यक्ष घनश्याम वराल र उपाध्यक्ष मिथिला बरालले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रममा बोल्दै वडाध्यक्ष वरालले जेष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै, उहाँहरुको प्रेरणाले समाज विकासमा योगदान पुग्ने बताउनुभयो।
उहाँले यस क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। समितिका अध्यक्ष घनश्याम वरालको अध्यक्षतामा भएको कार्यकममा समाजसेवी भुपेन कुवंर , समितिका सचिव घनश्याम वराल लगायतले सामुहिक भावनाले नै समाज समृद्ध बन्ने बताए।
सिमलचौर बरालले कुलपुजा समेत गरेको कार्यक्रमको संचालन प्रचार संयोजक बाबुराम वरालले गर्नुभएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij