Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मौलाकालिका अस्पताल : १० दिन निशुल्क ओपीडी, सेवामा २५ प्रतिशत छुट

मौलाकालिका अस्पताल : १० दिन निशुल्क ओपीडी, सेवामा २५ प्रतिशत छुट

चितवन : चितवनको भरतपुरमा रहेको मौलाकालिका अस्पतालले होलि पर्वको अवसरमा विशेष छुटको घोषणा गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ११ वाइपासरोडबाट अत्याधुनिक प्रविधिबाट गुणस्तरीय सेवा उपलव्ध गराउदै आएको मौलाकालिका अस्पतालले चैत्र १ गतेदेखि १० गतेसम्म निशुल्क ओपीडी सेवा र अस्पतालको सेवामा २५ प्रतिशत छुटको व्यवस्था मिलाएको अस्पतालका अध्यक्ष डा. मणिकलाल प्रधानले जानकारी दिनुभयो ।

अस्पतालले जलन (बर्नवार्ड) , प्लास्टिक सर्जरी, अंको सर्जरी (स्तन क्यान्सर) , युरोलोजी, कार्डियोलोजी, स्पाईनल सर्जरी, न्यूरो सर्जरी, बाल मनोचिकित्सक सेवा सञ्चालन गर्दै आएको छ । यसैगरी इन्टरभेन्सन पेन स्पेशलिष्ट (दुखाई विशेषज्ञ), स्त्री–प्रसुती तथा प्रजनन् रोग, एनेस्थेसिया, जनरल सर्जरी, रेडियोलोजी, जनरल मेडिसिन, हार्डजोर्नी तथा नसा रोग, नवजात शिशु तथा बालरोग, मनोरोग, दन्तरोग, यौन तथा छाला रोग सेवा दिंदै आएको छ । यस्तै फिजियोथेरापी, प्याथोलोजी (माईक्रोबायोलोजी–हेमाटोलोजी) सेवा पनि दिंदै आएको छ ।

अस्पतालमा आठ शैयाको एनआईसियू, पाँच शैयाको पिआईसियू, १० शैयाको एचडियु र सात शैयाको आईसियु सेवा रहेको अस्पतालमा तीन वटा मोडुलर ओटी (आधुनिक शल्यक्रियाकक्ष) रहेका छन् ।अस्पतालमा प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, क्लोनोस्कोपी, ईको (फिटल) , ईसिजी, ईईजी लगायतका सेवा समेत उपलब्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट